
काठमाडौँ । रुपन्देही क्षेत्र नं. ३ मा उपनिर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट उम्मेदवार बनेका डा. लेखजंग थापाले आफूले पहिलो श्रीमतीसँग सम्बन्धविच्छेद गरिसकेको कागजात सार्वजनिक गरेका छन्।
उनले २०७९ माघ १५ गते जिल्ला अदालत रुपन्देहीमा न्यायाधीश उमेश कोइरालाको इजलाशमा सम्बन्धविच्छेद मिलापत्र भएको प्रमाणपत्र सार्वजनिक गरेका हुन्।
थापामाथि बहुविवाह गरेको भन्दै रास्वपाका केही नेताहरूले पार्टी सचिवालयमा प्रश्न उठाएका थिए। यो जानकारी पार्टी सभापति रवि लामिछानेलाई समेत दिइएको थियो, जो हाल नख्खु कारागारमा छन्।
उम्मेदवार घोषणा भएसँगै थापा विवादमा तानिएका छन्। उनमाथि पार्टी बैठकमा ‘जासुसी चस्मा’ प्रयोग गरेर भिडियो खिचेको आरोप पनि लागेको छ। यही विवादका कारण उनले बोलाउने भनिएको पत्रकार भेटघाट कार्यक्रम हिजो स्थगित गरिएको हो।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे