
काठमाडौँ,२० फागुन । ललितपुरस्थित माछापुच्छ्रे आइबी वल्र्ड स्कुलमा वरिष्ठ मुटुरोग विशेषज्ञ डा.अनिल ओममूर्तिले अभिव्यक्ति उत्सवमा साक्षात्कार गरेका छन् ।
माछापुच्छ्रे साहित्य उत्सव कार्यक्रमको उद्घाटन समारोहमा प्रमुख वक्ताको रुपमा उपस्थित भएका वरिष्ठ मुटुरोग विशेषज्ञ विद्यार्थी र अभिभावकले डा। ओममूर्तिको पुस्तकमा अटोग्राफ लिन र तस्वीर खिच्न झुम्मिएका हुन् । कार्यक्रमको उद्घाटनमा समारोहमा सम्बोधनबाट बालबालिकाहरुको साहित्य रचना हेर्न निस्कएमा डा। ओममूर्तिको अधिकांश समय अटोग्राफ र तस्वीर खिच्नका लागि प्रयोग भएको देखिन्थ्यो ।
कार्यक्रमको उद्घाटन समारोहमा सम्बोधन गर्दै डा। ओममूर्तिले बालबालिकाहरुलाई दुःख के हो र पैसाको महत्व के हो बुझाउनुपर्ने बताउनुभयो । बालबालिकाहरुलाई ठूला व्यक्तिमा जस्तै क्षमता भएपनि अभिभावकले जिम्मेवारी नदिदा उनीहरुको क्षमताको प्रयोग नभएकोले पारिवारिक र सामाजिक जिम्मेवारी बोध गराउनुपर्नेमा उहाँको जोड थियो ।स्कुलका अध्यक्ष डा। विनोद कुमार यादवले आफु डा। ओममूर्तिसँग नियमित चेकजाँच गराउँदै आएको प्रसंग कोट्याउँदै जीवनलाई बुझ्ने र जिउने कलाको विकास गर्न स्कुल लागिपरेको बताउनुभयो ।
माछापुच्छ्रे स्कुलले बार्षिक रुपमा आयोजना गर्ने कार्यक्रम साहित्य उत्सवलाई यस बर्ष फरक ढंगले मनाएको छ । साना बाबु नानी रचना सहितका अंग्रेजी र नेपालीका विभिन्न पुस्तकहरूको प्रकाशन र विमोचनसहित विभिन्न विद्यार्थीहरुको रचनालाई स्टलको रुपमा राखेको छ ।
कार्यक्रममा विभिन्न साहित्यकारहरूसँग अन्तरंग कुराकानी गर्ने कार्यक्रमसमेत संचालन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे