
काठमाडौँ , २७ कात्तिक | नेपाली कांग्रेसका नेता एवम् काठमाडौं क्षेत्र नं। १ का उम्मेदवार प्रकाशमान सिंहले सुकुम्वासी बस्तीमा डोजर चलाउन नहुने बताएका छन् । आज सुकुम्वासी बस्तीमा आयोजित चुनावी कार्यक्रममा बोल्दै सिंहले सुकुम्वासी बस्ती हटाउन अमानवीय रुपमा जबरजस्ती गर्न नहुने बताएका छन् ।
सुकुम्वासीहरुको समस्या समाधान गर्नका लागि सरकारले भूमि आयोग गठन गरेको उल्लेख गरे । अव्यवस्थित बसोवास हटाउने हो भने सरकारले निश्चित कार्यक्रम ल्याउनुपर्ने साथै समस्या समाधान गर्न सरकार र सुकुम्वासी दुवै पक्षलाई सहज हुनेगरी काम गर्नुपर्ने उनको भनाइ थियो ।
उनले निर्वाचनपछिको संसदबाट देशको अर्थतन्त्रलाई ट्रयाकमा ल्याउनका लागि आवश्यक कानूनको सुधार तथा परिमार्जन गरिने बताए ।कांग्रेसको नेतृत्वमा जुन गठबन्धन छ, यो गठबन्धनकै सरकार बनेमा ढुक्क रहन आग्रह समेत गरे ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे