
काठमाडौँ, १८ चैत । साताको पहिलो दिन शेयर बजार परिसूचक नेप्से दोहोरो अंङ्कले घटेको छ । शेयर बजार परिसूचक नेप्से आज आइतबार १७ दशमलव ३० अङ्कले घटेर २ हजार १८ दशमव ३३ विन्दुमा झरेको छ ।
बजार घटे पनि कारोबार रकम बढेको यसदिन ३१६ वटा कम्पनिको ७९ लाख ५७ हजार कित्ता शेयर ३ अर्ब २० करोड रुपैयाँमा किनबेच भएको छ ।
आज निर्जीवन बीमाबाहेक सबै समूहको शेयर घटेर बजार राताम्मे हुँदा विकास बैंक, माइक्रोफाइनान्स र व्यापार समूहको शेयर उच्च अङ्कले ओरालो लागेको छ । आज सबैभन्दा धेरै सर्वोत्तम सिमेन्टको शेयर २८ करोड ६८ लाख रुपैयाँको कारोबार भएको छ ।
यसदिन सर्वोत्तम सिमेन्टको शेयर १० प्रतिशतले घटेर नकरात्मक सर्किट लागेको छ । समग्रमा बजार घटे पनि मायाखोला जलविद्युत् आयोजनाको शेयर १० प्रतिशतले बढेर सकरात्मक सर्किट लाग्यो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे