
काठमाडौँ , २५ माघ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेदरल्यान्डको हेगस्थित अन्तर्राष्ट्रिय फौजदारी अदालतलाई प्रतिबन्ध लगाउने कार्यकारी आदेशमा हस्ताक्षर गरेका छन् । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू जब अमेरिका भ्रमणमा थिए, त्यस समय ट्रम्पले अन्तर्राष्ट्रिय फौजदारी अदालतमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको बीबीसीले जनाएको छ। आईसीसीले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र पूर्वरक्षामन्त्री योभ गालान्टविरुद्ध पक्राउ वारेन्ट जारी गरेपछि ट्रम्पले यस्तो कदममा चालेका हुन् ।
अमेरिकी सञ्चारमाध्यमका अनुसार ट्रम्पले अमेरिका र इजरायल यस अदालतका सदस्य नभएकाले मान्यता नदिने बताएका छन् । सन् २०२१ को नोभेम्बरमा गाजा क्षेत्रमा आक्रमण गरी युद्ध अपराध गरेको आरोपमा अन्तर्राष्ट्रिय अदालतले इजरायलका प्रधानमन्त्री नेतान्याहू र पूर्व रक्षामन्त्री योव गालान्टमाथि पक्राउ पुर्जी जारी गरेको थियो। विश्लेषकहरूको अनुसार, ट्रम्पले अदालतलाई प्रतिबन्ध लगाएर अमेरिका इजरायलसँगको समर्थन प्रकट गर्ने प्रयास गरेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे