
काठमाडौँ – मलंगवास्थित प्रादेशिक अस्पतालमा एक चिकित्सकमाथि हातपात भएपछि अस्पतालको ओपिडी (बाहिरी बिरामी सेवा) बन्द गरिएको छ। अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. सञ्जीव सिंहका अनुसार दोषीमाथि कानुनी कारबाहीको माग गर्दै मंगलबारदेखि आकस्मिकबाहेकका सबै सेवा बन्द गरिएको हो।अस्पतालमा हड्डी भाँचिएर उपचारका लागि आएका एक बिरामीलाई अर्को अस्पतालमा रेफर गर्ने विषयमा सोमबार राति ती बिरामीका आफन्तले अर्थोपेडिक डा. कृष्णजंग साहमाथि हातपात गरेका थिए।
यो घटनापछि डाक्टर र अन्य स्वास्थ्यकर्मीहरूले आक्रोश जनाउँदै अस्पतालका सबै सेवा दुई दिनदेखि बन्द गरेका छन्। नेपाल चिकित्सक सङ्घ प्रदेश समितिले प्रेस विज्ञप्ति निकालेर हातपात गर्नेलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न माग गरेको छ।
ओपिडी सेवा बन्द हुँदा उपचारका लागि आएका सर्वसाधारण बिरामीहरू निकै समस्यामा परेका छन्। अहिले आकस्मिक सेवा मात्र सञ्चालनमा छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे