
काठमाडौँ । नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनको कडा विरोध गरेको छ। कांग्रेसले यो निर्णयले लोकतन्त्र कमजोर बनाउने र जेन–जी आन्दोलनको मर्ममाथि चोट पुर्याउने बताएको छ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम प्रधानमन्त्री बनाएपछि उनको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद् विघटन गरे। तर, कांग्रेसले यो निर्णय संविधान र अदालतको व्याख्याविपरीत रहेको दाबी गरेको छ।
कांग्रेसको कार्यसम्पादन समिति बैठकले यो कदमले लोकतान्त्रिक उपलब्धि धरापमा परेको निष्कर्ष निकालेको हो। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार, यसले जेन–जी आन्दोलन नै मरेको हो कि भन्ने आशंका उत्पन्न भएको छ।
सभापति शेरबहादुर देउवा जेन–जी आन्दोलनका बेला घाइते भएपछि बैठकको अध्यक्षता उपसभापति पूर्णबहादुर खड्काले गरेका थिए।
कांग्रेसले जेन–जीको भावना अनुसार सरकार बनाउने पक्षमा रहे पनि संविधानसम्मत बाटोबाटै जानुपर्ने अडान दोहोर्याएको छ। यदि आवश्यक परे संसदबाट संविधान संशोधन गरेरै समाधान खोज्न सकिने प्रस्ताव कांग्रेसले अघि सारेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे