
काठमाडौँ , ६ भदौ । काठमाडौंको चन्द्रागिरि नगरपालिका(२ बलम्बु स्कुलसँगैको घरमा शंकास्पद वस्तु फेला परेको छ। बिहीबार बिहान विद्यालय नजिकैको एउटा घरको आगनमा शंकास्पद वस्तु फेला परेको हो। शंकास्पद वस्तु फेला परेपछि नेपाली सेनाको टोलीले डिस्पोज गरेको छ ।
प्रहरी कार्यालय बलम्बु प्रभागका प्रहरी निरीक्षक उपेन्द्रप्रसाद आचार्यका अनुसार विहान तारसहितको प्रेसर कुकर झोलामा घरअगाडि फेला परेको थियो । स्थानीयले प्रहरीलाई खवर गरेपछि डिस्पोजल टोलीलाई बोलाएर डिस्पोज गराएको हो । शंकास्पद वस्तु राख्ने दुई जनामाथि शंका गरिएको र उनीहरुको खोजी भइरहेको प्रनि आचार्यले बताए । शंकास्पद देखिएको सो वस्तुलाई नेपाली सेनाको डिस्पोजल टोलीले डिस्पोज गरे पनि त्यसमा विस्फोटक पदार्थ नरहेको आचार्यले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे