
काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहबीच छलफल भइरहेको छ। स्रोतका अनुसार ललितपुरको कुपण्डोलस्थित बालेन शाहका सहयोगी कुमार व्यञ्जनकारको निवासमा केही समयदेखि उनीहरूबीच भेटघाट र संवाद चलिरहेको हो।
यसअघि बालेन शाहले आज बिहान ऊर्जा मन्त्री कुलमान घिसिङ र कांग्रेस नेता सुनील शर्मासँग पनि छलफल गरेका थिए। स्रोतका अनुसार यी भेटघाटहरू आगामी प्रतिनिधिसभा निर्वाचनमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रित छन्। पछिल्लो समय बालेन शाहको सक्रियताले राजनीतिक वृत्तमा चासो बढेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे