
झापा । सुरक्षित आप्रवासन (सामी) कार्यक्रमको सेवा प्रवाह सम्बन्धी छलफल तथा परिचयात्मक कार्यक्रम बुधबार विर्तामोडस्थित होटल होलिडे होमको सभाहलमा सम्पन्न भएको छ।
कार्यक्रम भद्रपुर नगर प्रमुख गणेश पोखरेलको अध्यक्षतामा सम्पन्न भएको हो। उक्त कार्यक्रममा झापाका सबै स्थानीय तहका नगर प्रमुख, उपप्रमुख, प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारी, प्रमुख प्रशासकीय अधिकृत, रोजगार संयोजक, सामी कार्यक्रम कोशी+मधेश कार्यक्रम व्यवस्थापक कोपिला दाहाल, सामी कार्यक्रम अधिकृत रोहित विश्वकर्मा, सामी कार्यक्रम झापा जिल्ला संयोजक शेखर बुढाथोकी, पत्रकार तथा अन्य सम्बन्धित अधिकारीहरूको उपस्थिति रहेको थियो।
कार्यक्रमको प्रारम्भमा भद्रपुर नगरपालिकाकी उपप्रमुख राधा कार्कीले स्वागत मन्तव्य व्यक्त गरेकी थिइन्। त्यसपछि झापा जिल्ला कार्यक्रम संयोजक शेखर बुढाथोकीले कार्यक्रमको प्रस्तुतीकरण गरेका थिए।
झापाका प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीले सुरक्षित वैदेशिक रोजगारसम्बन्धी संवैधानिक, कानुनी तथा नीतिगत व्यवस्थाका विषयमा प्रस्तुतीकरण गरेका थिए। त्यसैगरी, सामी कार्यक्रम प्रदेश व्यवस्थापक कोपिला दाहालले कार्यक्रमका उद्देश्य तथा आगामी रणनीतिहरूबारे जानकारी गराएकी थिइन्।
कार्यक्रममा गौरीगञ्जका प्रमुख प्रशासकीय अधिकृत खेमराज थापा, कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराई, दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराई र गौरादह नगर प्रमुख छत्रपति सुवेदीले शुभकामना मन्तव्य राखेका थिए।
कार्यक्रमको समापन गर्दै भद्रपुर नगर प्रमुख गणेश पोखरेलले उपस्थित सम्पूर्ण महानुभावहरूप्रति आभार व्यक्त गरेका थिए। कार्यक्रमको सञ्चालन रोजगार संयोजक तथा सामीका फोकल पर्सन टिकाराम पाण्डेले गरेका थिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे