
काठमाडौँ — आउँदो चाडपर्वलाई लक्षित गर्दै आजदेखि सहुलियत मूल्य पसल सञ्चालनमा ल्याइएको छ। उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको निर्णयअनुसार खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड र साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत सुपथ मूल्य पसल सुरु गरिएको हो।
आम उपभोक्तालाई चाडपर्वमा आवश्यक सामान सस्तो मूल्यमा उपलब्ध गराउने उद्देश्यले यी पसल सञ्चालनमा ल्याइएको मन्त्रालयले जनाएको छ। आपूर्ति व्यवस्था तथा उपभोक्ता हित संरक्षण महाशाखा प्रमुख शिवराम पोखरेलका अनुसार पसल सञ्चालनको जिम्मा सम्बन्धित निकायलाई दिइसकिएको छ।
खाद्य व्यवस्था कम्पनीले बिक्री गर्ने चामल, दाल, गहुँ, चिनी, गेडागुडीमा प्रतिकिलो ५ रुपैयाँ छुट हुनेछ भने चिउरा, आटा, पिठो र मैदामा ७ रुपैयाँ छुट दिइनेछ। साल्ट ट्रेडिङले काठमाडौं उपत्यकामा तीनवटा घुम्तीसहित १५ स्थानमा सुपथ मूल्य पसल सञ्चालन गर्ने जानकारी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे