
काठमाडौँ ।भारी वर्षाका कारण उत्पन्न भएको बाढी, पहिरो र डुबानबाट हालसम्म ९९ जनाले ज्यान गुमाएका छन् भने ७२ जना बेपत्ता भएका छन्। साथै, विपद्मा परी एक सय जना घाइते भएका छन्। गृह मन्त्रालयका सहसचिव एवं प्रवक्ता ऋषिराम तिवारीका अनुसार काठमाडौँ उपत्यकामा मात्रै ४८ जनाको मृत्यु भएको छ, जसमा काठमाडौँका २५, भक्तपुरका पाँच र ललितपुरका १८ जना रहेका छन्।
शनिबार रातिसम्म मकवानपुर, सिन्धुली, र काभ्रेपलाञ्चोकमा नेपाली सेनाको हेलिकप्टरमार्फत ६८ जनाको उद्धार गरिएको प्रवक्ता तिवारीले जानकारी दिएका छन्। उद्धार गरिएका मध्ये मकवानपुरका ३३, सिन्धुलीका ३३ र काभ्रेपलाञ्चोकका दुई जना रहेका छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे