
काठमाडौँ ,२३ असोज |मङ्सिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचन अन्तर्गत प्रत्यक्षतर्फ उम्मेदवारी दर्ता आइतबार हुँदैछ ।निर्वाचन आयोगका अनुसार आइतबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म सम्बन्धित मुख्य निर्वाचन अधिकृत तथा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवार आफैँ वा उम्मेदवारका प्रतिनिधि र वारेसनामाबाट पनि मनोनयनपत्र दर्ता गर्नुपर्नेछ ।
निर्वाचन आयोगले बाढी, पहिरो तथा यातायात अवरोधका कारण कुनै समस्या परेमा राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गर्न सहजीकरण गरिने बताएको छ ।निर्वाचनका लागि १० हजार ८९२ मतदानस्थल तोकिएको छ ।
शनिबार आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त दिनेशकुमार थपलियाले निर्वाचन आयोग सम्पूर्ण राजनीतिक दल, उम्मेदवार र सम्बन्धित पक्षलाई निर्धक्क भएर मतदाताबीच पुगी अनुमोदित हुने आफ्नो अधिकार प्रयोग गर्न आह्वान गरे ।
आयोगको तथ्याङ्क अनुसार एक करोड ७९ लाख ८८ हजार ५७० मतदाताको नामावली सङ्कलन गरिएकोमा ९१ लाख ४० हजार ८०६ पुरुष मतदाता र ८८ लाख ४७ हजार ५७९ महिला मतदाता रहेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे