
काठमाडौँ । आज मार्गशीर्ष शुक्ल पूर्णिमामा नेवार समुदायले धान्य पूर्णिमा तथा योमरी पूर्णिमा मनाइरहेका छन्। नयाँ धान भित्र्याएको खुसीमा यस दिन धानको पूजा गर्ने, नयाँ चामलबाट बनेको मीठो परिकार योमरी पकाएर खाने चलन छ। चामलको पीठो, चाकु र तिलले बनाइने योमरी पकाउन बिहानैदेखि घरका महिलाहरू व्यस्त देखिन्छन्।
नेवार समुदायले भकारी र कोठीको पनि पूजा गरी नयाँ वर्षको समृद्धिको कामना गर्छन्। गर्भवती चेलीबेटीको घरमा माइतीले तिल–चाकु भरिएको योमरी सगुनका रूपमा पठाउने परम्परा पनि छ।
धान भित्रिएपछि यसै दिन गणेश, कुलदेवता, गोठ देवता लगायतलाई पूजा गरी नयाँ धानको चामलबाट सेल, बाबर, मालपुवा जस्ता परिकार बनाएर चढाइने प्रचलन छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे