
काठमाडौ २३ साउन |आज साउनको चौथो सोमबारका अवसरमा पशुपति क्षेत्रलगायत देशभरका शिवालयमा भक्तजनको भीड लागेको छ ।बजेदेखि नै पशुपति लगाएत शिवका मन्दिरमा भक्तजनको बाक्लो भिड लागेको छ । साउनको सोमबार पारेर भगवान् शिवको दर्शन गरेमा मनोकामना पूरा हुने विश्वास गरिन्छ ।
साउनको सोमबार भगवान् शिवको महिना र बारका रुपमा लिइन्छ ।साउनको सोमबार विशेष गरी महिला भक्तजनको शिवालयमा भीड लाग्ने गर्छ । साउनको सोमबार महिला व्रत बसी भगवान् शिवको पूजा आराधना गर्ने गर्छन् ।यो महिनामा विषी बिवाहित महिलाले आफनो श्रीमानको लामो आयु र अबिवाहित महिलाले राम्रो वरको आशमा व्रत बस्ने गर्दछन् ।
साउनको सोमबार बोलबम यात्रीको भीड लाग्ने गर्दछ ।आज बोलबम यात्रीले सुन्दरीजलबाट शुद्ध जल ल्याई पशुपतिनाथ मन्दिरमा चढाउने गर्दछन् । बोल बम यात्रीका लागि पशुपतिनाथका चार ढोकामध्ये एउटा ढोका छुट्याइएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे