
काठमाडौँ , ४ भाद्र | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले विकासबाहेक आफ्नो अरु स्वार्थ नभएको बताएका छन् । तनहुँको भानु नगरपालिका–१ भन्सारमा आज आयोजित कार्यकर्ता भेटघाटमा वरिष्ठ नेता पौडेलले जिल्लाको विकास र समृद्धि नै आफ्नो लक्ष्य बताएका हुन् ।उनले मङ्सिर ४ गते हुने निर्वाचनमा तनहुँ क्षेत्र नम्बर १ बाटै उम्मेदवार दिने समेत बताए ।
जिल्लाको विकास र समृद्धिबाट जनताको जीवनस्तर उकास्नका लागि राजनीति गरेको र संविधानको रक्षाका लागि गठबन्धन गरिएको र गठबन्धनले आगामी दिनमा पनि निरन्तरता दिने नेता पौडेलले बताए ।
पौडेलले आजै भानु नगरपालिका–३ खहरे, भानु नगरपालिका–६ कटहरे, शेपाबगैंचा, भानु नगरपालिका–५ नारेश्वरटारलगायतका ठाउँमा कार्यकर्ता भेटघाट गर्ने छन् । पौडेलले गृहजिल्लामा कार्यकर्ता भेटघाटलाई तीव्र बनाएका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे