
काठमाडौँ , ५ कात्तिक | प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले गठबन्धनलाई जिताउन कार्यकर्तामा आह्वान गरेका छन् । प्रधानमन्त्री देउवाले आफूले हँसिया हथौडामा भोट हालिसकेको बताएका छन् ।
आज विराटनगरमा आयोजित सत्ता गठबन्धनको भेलालाई सम्बोधन गर्दै देउवाले काँग्रेसका उम्मेदवार भएका ठाउँमा रूखमै र नभएको ठाउँमा हँसिया हथौडाका साथै कलममा मत हाल्न नहिचकिचाउन आग्रह गरेका छन् ।
ओलीले गरेको गठबन्धन भन्दा आफूहरुले गरेको गठबन्धन संविधानको पक्षमा रहेको भन्दै गठबन्धनलाई जिताउनुनै पर्न नत्र हालको व्यवस्था धरापमा पर्ने देउवाले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे