
काठमाडौं – हाल नेपालमा मनसुन कमजोर छ, किनभने मनसुनको रेखा सामान्यभन्दा दक्षिणतिर रहेको मौसम विभागले जनाएको छ। तर, बंगालको खाडीबाट आएको भिजेको हावा भने देशमा भित्रिरहेको छ, जसले गर्दा केही स्थानमा वर्षा गराउने सम्भावना छ।
आज दिउँसो देशभर आकाश सामान्यतया बादल लागेको रहनेछ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र तराईका केही स्थान तथा मधेस प्रदेशको केही भागमा मध्यम वर्षा हुन सक्छ। कोशी र बागमती प्रदेशका पहाडी क्षेत्रका कतिपय स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ।
आज राति पनि कोशी र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा बादल लाग्नेछ भने अन्य ठाउँमा आंशिक बदली हुनेछ। कोशी प्रदेशका पहाडी र तराई क्षेत्रमा कतैकतै भारी वर्षा हुनसक्ने भएकाले सतर्कता अपनाउन मौसम विभागले सुझाव दिएको छ।
तराई र पहाडका अन्य ठाउँमा पनि मध्यम वर्षा हुने सम्भावना छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे