
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली संयुक्त राष्ट्रसंघको आयोजनामा तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरूको सम्मेलनमा भाग लिन सोमबार मध्यरात त्यहाँ प्रस्थान गरेका छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उपप्रधानमन्त्री प्रकाशमान सिंहसहित विभिन्न मन्त्री तथा उच्च अधिकारीहरूले प्रधानमन्त्रीलाई बिदाइ गरे।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य गर्ने गरी उपप्रधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहलाई जिम्मेवारी दिएका छन् ।
नेपाली सेनाले प्रधानमन्त्रीलाई सम्मान गारदसमेत अर्पण गर्यो। प्रधानमन्त्री ओली तुर्कमेनिस्तानका राष्ट्रपति सेरदार बेरदिमुहामेदोभ र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसको निमन्त्रणामा सम्मेलनमा सहभागी हुन गएका हुन्। सम्मेलन यही साउन २० देखि २३ गतेसम्म ९अगस्ट ५–८० तुर्कमेनिस्तानको अवाजा सहरमा हुँदैछ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे