
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली अमेरिका प्रस्थान गरेसँगै उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंह कार्यकारी प्रधानमन्त्री बनेका छन्। प्रधानमन्त्री ओली संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन शुक्रबार बिहान अमेरिका प्रस्थान गरेका थिए।
उनको प्रस्थानसँगै राष्ट्रपति रामचन्द्र पौडेलले सिंहलाई कार्यवाहको जिम्मेवारी तोकेका छन्।
प्रधानमन्त्री ओली स्वदेश नफर्किउन्जेल सिंहले दैनिक प्रशासनिक काम सम्हाल्ने छन्। प्रधानमन्त्री ओलीको अमेरिका भ्रमणको कार्यक्रम अनुसार उनी आगामी असोज १४ गते स्वदेश फर्किनेछन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे