
काठमाडौँ , असोज ९ | काठमाडौं महानगरका उपमेयर सुनीता डंगोलले ८ दिनदेखि उभिएर विरोध जनाइरहेका सामाजिक अभियन्ता ईःलाई भेटेका छन् । मंगलबार बिहान ई:लाई भेट्न पुगेकी हुन्।
उपप्रमुख डंगोलले उभिएर आन्दोलन गरिरहेका ई: को स्वास्थ्य अवस्था बुझेकि थिइन्। उनले मागको विषयमा पहल गर्ने प्रतिबद्धता पनि जनाइन्।सामाजिक अभियन्ता ई: ले फुटपाथ व्यापारीलाई वैकल्पिक व्यवस्थापन गर्नुपर्ने माग गर्दै असोज २ गतेदेखि काठमाडौं राष्ट्रिय सभा गृह अगाडि उभिइरहेका छन्।
अन्य युवाहरूले पनि उनको आन्दोलनमा साथ दिएका छन् । काठमाडौं महानगरभित्रकाले फुटपाथ व्यवसायीलाई विकल्प विना हटाइएको लगायत विषयलाई लिएर अभियन्ता इ: १८८ घण्टादेखि राष्ट्रिय सभा गृहको गेटमा उभिइरहेका छन् ।
फुटपाथ व्यवसायीहरू विकल्प दिने नीति बनाउन आफूले प्रयास गर्ने तर आफ्नो भूमिका सीमित रहेको उपमेयर सुनीता डंगोलले बताइन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे