
काठमाडौं, साउन ३० – पछिल्लो एक हप्तामा १८० जनामा डेंगु संक्रमण पुष्टि भएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका डा. गोकर्ण दाहालका अनुसार पुसदेखि हालसम्म ७४ जिल्लामा २,९५२ जनामा डेंगु देखिएको छ। गण्डकी प्रदेशमा सबैभन्दा बढी ८७७ जनामा संक्रमण देखिएको छ भने बागमतीमा ६१२, कोशीमा ५१८, लुम्बिनीमा ४६५, सुदूरपश्चिममा ३५०, कर्णालीमा ७७ र मधेशमा ५३ जना संक्रमित छन्।
डोल्पा, हुम्ला र मनाङमा भने अहिलेसम्म संक्रमण देखिएको छैन। डेंगु एडिज जातका लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, जुन सफा पानीमा हुर्कन्छ। लक्षणमा उच्च ज्वरो, टाउको र शरीर दुख्ने, वाकवाकी, वान्ता र राता बिमिरा आउनु प्रमुख छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे