काठमाडौँ ,१६ साउन | मौसम परिवर्तनसँगै केही दिनयता ललितपुर महानगरपालिकाभित्र डेंगुका बिरामी बढ्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालयका अनुसार असार ९ गते डेंगुको पहिलो बिरामी देखिएकोमा एक महिनाको अन्तरालमा ३७ जनामा डेंगु पुष्टि भएको छ । डेंगुको प्रकोप बढेपछि नियन्त्रणका लागि सबै संयन्त्र प्रयोग गरिएको शाखाले जनाएको छ ।
शाखामा हाल ७ जनाको उपचार भइरहेको छ भने अरू निको भएर डिस्चार्ज भइसकेका छन् । वडा नम्बर ५ र १५ मा डेंगुको असर बढी देखिएको पाइएको छ । यी दुई वडाबाट १५ जनामा डेंगु संक्रमण फैलिएको पाइएको हो ।महालक्ष्मी, सातदोबाटोमा रहेको ललितपुरको गणेशमासिंह मेमोरियल अस्पतालबाट दुई दिन संक्रमण भएका बिरामी भेटिएको स्वास्थ्य कार्यालयका ललितपुरको-यापिड रेस्पोन्स टिमका फोकल पर्सन गीता आचार्यले बताउनुभयो । ती बिरामीमा गम्भीर असर भने देखिएको छैन ।
ज्वरो आएपछि ओपीडीमा आएका उनीहरूको परीक्षण गर्दा डेंगु पुष्टि भएका हो बताउँदै जनस्वास्थ्य कार्यालयका प्रमुख सतीस विष्टले नियन्त्रण गर्न विभिन्न निकायसँग समन्वय गरी काम गरिरहेको बताउनुभयो । डेंगु नियन्त्रणका लागि जनस्वास्थ्य, स्थानीय तह, प्रहरी प्रशासन सबैको एकीकृत प्रयासको खाँचो औंल्याउँदै सचेतना फैलाउन विशेष अभियान शुरू गर्ने ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायले बताउनुभयो ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे