
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र दिवस बिहीबार टुँडिखेलमा आयोजित विशेष समारोहमार्फत मनाइयो । दिवसको मूल समारोह राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिद्वारा आयोजना गरिएको थियो । समारोहमा झाँकी, मार्च पास, नृत्य तथा सांगीतिक धुन प्रस्तुत गरिएको थियो ।
समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रथम महिला सबिता पौडेल उपस्थित भई कार्यक्रमको औपचारिक उद्घाटन गरेका थिए । सेनाले राष्ट्रपति पौडेलको सम्मानमा सलामी अर्पण गरेको थियो ।
उक्त कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री सुशीला कार्की, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीहरू, नेपालस्थित विदेशी कूटनीतिक नियोगका प्रमुख एवं प्रतिनिधि, उच्चपदस्थ सरकारी कर्मचारी र समाजका विभिन्न क्षेत्रका प्रतिष्ठित व्यक्तिहरू सहभागी थिए ।
प्रजातन्त्र दिवस हरेक वर्ष फागुन ७ गते मनाइन्छ। यस दिन वि.स. २००७ सालमा १०४ वर्षे राणा शासन अन्त्य भएको सम्झनामा राष्ट्रिय स्तरमा कार्यक्रम आयोजना गरी दिवस मनाउने परम्परा रहेको छ। यस वर्ष पनि दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको छ।


सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे