
काठमाडौं । बाँके र बर्दियाका जनप्रतिनिधि तथा उद्योगी–व्यवसायीले प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष नेपालगञ्ज–नयाँ दिल्ली सिधा हवाइ सेवा सुरु गर्न ध्यानाकर्षण गराएका छन्।
प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटका क्रममा उनीहरूले नेपालगञ्ज विमानस्थलमा आवश्यक पूर्वाधार विकास भइसकेकाले पश्चिम नेपालको ३२ जिल्लाका यात्रु सुविधा र व्यापारिक वृद्धिका लागि सिधा अन्तर्राष्ट्रिय उडान आवश्यक रहेको औंल्याए।
मागपत्र बुझ्दै प्रधानमन्त्री ओलीले उक्त प्रस्तावलाई सकारात्मक रूपमा लिने बताएका छन्। उनले भारत सरकारसँग यस विषयमा छलफल गर्ने आश्वासन दिँदै नेपालगञ्ज विमानस्थलको धावनमार्ग विस्तार, जमिन संरक्षण तथा अन्य पूर्वाधार सुदृढीकरणमा चासो दिन आग्रह गरे।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे