काठमाडौँ , २६ असोज |दिपक मनाङे मनाङबाट प्रदेशसभा सदस्यमा निर्विरोध निर्वाचित भएका छन् ।स्वतन्त्र उम्मेदवार राजीव गुरुङ दोर्जेले बुधबार उम्मेदवारी फिर्ताका लागि निवेदन दिएका छन् ।
मनाङेले एमालेको समर्थनमा २०७४ मा पनि स्वतन्त्र उम्मेदवारमा चुनाव जितेका थिए । मनाङले सुरुमा सत्ता गठबन्धनको समर्थनमा चुनाव लड्ने बताएका थिए ।तर मनोनयन गर्नुअघि उनले गठबन्धन छोडिसकेको बताएपछि एमालेले पनि उम्मेदवारी दिएन ।
गुरुङ अहिले पनि गण्डकी प्रदेशका युवा तथा खेलकुद मन्त्री छन् ।गुरुङको निर्विरोध निर्वाचित भएको औपचारिक घोषणा भएको छैन ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे