
काठमाडौँ, २१ बैशाख । नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभाका सदस्य गगन थापाले नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगि गिरोहको भीआईपी जालो उजागर भएको बताएका छन् । थापाले सामाजिक सञ्जाल मार्फत नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ठगि गिरोहको भिआइपी जालो उजागर हुँदै गएको बताएका हुन् ।
थापाले नक्कली भुटानी शरणार्थी बनाएर ठगि गर्ने उच्च ओहोदाको व्यक्ति समेतलाई कारबाहीको दायरामा ल्याउन गृह प्रशासनले गरेको कार्यलाई प्रशंसा समेत गरेका छन।
उनले उक्त प्रकणमा अझै गहिरोसँग अनुसन्धान हुनुपर्ने जिकिर पनि गरेका छन् ।
‘नक्कली भुटानी शरणार्थी बनाएर लैजाने ठगि प्रकरणको अनुसन्धानका क्रममा ‘ठगि गिरोहको भिआइपी जालो’उजागर हुँदै गएको छ।यो प्रकरणमा गृह प्रशासनको प्रयास प्रशंसनीय छ।यो घटना होइन प्रवृत्ति हो।अझै गहिरोसँग अनुसन्धान होस्।कोही नछुटुन।संलग्न जोसुकै,जुनसुकै ओहदा र शक्तिको होस्,कानून भन्दा माथि कोही हुँदैन। , ‘उनले लेखेका छन् ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे