
काठमाडौँ , ५ भदौ | भरतपुर अस्पतालमा पाठेघरको उपचार गर्न गएकी महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा नवलपुरको गैंडाकोट–५ ओमशान्ति चोक घर भएकी ३९ वर्षीया सम्झना काफ्ले रहेकी छिन् । उनी मंगलबार दिउँसो पाठेघरको समस्याको उपचारका लागि अस्पताल पुगेकी थिइन्। शल्यक्रियाका लागि तयारी गर्न लठ्याउने सुइ ९एनेस्थेसिया० लगाइएको थियो । लठ्याउने सुइ लगाएपछि होस नआइ राती ९ बजे मृत्यु हुन पुगेको थियो ।
आइसियुमा राखि उपचारकै क्रममा मृत्यु भएपछि आफन्तले अस्पतालको लापरबाहीका कारण मृत्यु भएको भन्दै छानविन गरी दोषी उपर कारबाहीको माग गरेको अस्पतालको सूचना अधिकारी गोपाल पौडेलले जानकारी दिए ।
बिरामीको मुटुमा पनि समस्या रहेका कारण बेहोस बनाउने औषधीको असर परेको हुन सक्ने एक डाक्टरले बताए। बिरामीको अवस्था गम्भीर भएपछि बचाउन आईसीयूमा राखिएको तर बचाउन नसकिएको उनले बताए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे