
काठमाडौँ , २४ माघ । सौराहा क्षेत्रका जङ्गली हात्ती मकुना मृत्यु भएको छ। चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत डा. गणेश पन्तका अनुसार, मकुना मानव बस्तीमा पसेर आतंक मच्चाइरहेको थियो। जब यसलाई जङ्गल तर्फ पठाउन लाग्दा नेपाली सेनाले सुरक्षाको लागि गोली चलाउनुपरेको थियो। बुधवार दिउँसो, सौराहाको कुमरोज मध्यवर्ती सामुदायिक वनको लामिताल क्षेत्रमा सेना र निकुञ्जका सुरक्षा टोलीले लखेट्ने प्रयास गर्दा मकुनाले आक्रमण गर्यो।
सेनाले हवाई फायर गरे पनि हात्तीले आक्रमण जारी राख्दा, आत्मरक्षाको लागि गोली चलाउनु परेको हो। निकुञ्जले अनुसार, मकुना मानव बस्तीमा पसेर केही भौतिक क्षति पुर्याएको भए पनि मानवीय क्षति भएको छैन। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ का दफा २१ अनुसार आत्मरक्षाका लागि गोली चलाउने अधिकार सुरक्षाकर्मीलाई दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे