
काठमाडौँ, २८ बैशाख । ‘जिउँदो सहिद’ का रूपमा रहेका मुकेश कायस्थको ३२ वर्षको उमेरमा निधन भएको हो।
दोस्रो जनआन्दोलनका घाइते कायस्थको १७ बर्षपछि उपचारका क्रममा बुधबार साँझ निधन भएको मुकेश फाउन्डेसनले जनाएको छ।
मुकेश लामो समयदेखि बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए।
२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । गोली लाग्दा मुकेशको उमेर १४ वर्षको मात्र थियो ।
सुरक्षाकर्मीले चलाएको गोली लागेर घाइते भएका मुकेश सोही दिनदेखि ओछ्यानमा परेका थिए । ओछ्यानबाट लडेका मुकेश कहिल्यै उठेनन् । १७ वर्षदेखि उनी जीवन र मृत्युसँग लडिरहेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे