
काठमाडौँ । जिल्ला प्रशासन कार्यालयले धार्मिक तथा सामाजिक विषयलाई लिएर दुई समुदायबीच बढेको तनावका कारण वीरगञ्जमा लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार दिउँसो १ बजेसम्म लम्ब्याएको छ। जिप्रकाले सोमबार साँझ ६ बजेदेखि मङ्गलबार बिहान ८ बजेसम्म लागू कर्फ्युलाई थप समयका लागि निरन्तरता दिएको जनाएको हो।
प्रमुख जिल्ला अधिकारी भोला दाहालका अनुसार विवाद समाधानका प्रयास जारी छन्। कर्फ्यु वीरगञ्ज महानगर क्षेत्रभित्र पूर्वमा बसपार्क–इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म लागू गरिएको छ। यस अवधिमा कुनै पनि भेला, सभा, जुलुस वा प्रदर्शन गर्न निषेध गरिएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे