
काठमाडौँ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले काठमाडौंको कर्फ्यू क्षेत्र विस्तार गरेको छ । यसअघि बानेश्वर–तिनकुने क्षेत्रमा मात्र कर्फ्यू लगाएको प्रशासनले पछि कर्फ्यू विस्तार गरेको हो ।
जिल्ला प्रशासन कार्यालयका अनुसार राष्ट्रपतिको कार्यालय शितल निवास, उपराष्ट्रपतिको कार्यालय लैनचौर, नारायणहिटी दरबार संग्रहालय र सिंहदरबार क्षेत्रमा कर्फ्यू लगाएको हो । आज दिउँसो १ बजेदेखि राति १० बजेसम्म कर्फ्यू लगाइएको प्रमुख जिल्ला अधिकारीबाट जारी आदेशमा उल्लेख छ ।
शितल निवास (राष्ट्रपति कार्यालय) महाराजगंज क्षेत्र, हरित गृह (उपराष्ट्रपति कार्यालय) लैनचौर क्षेत्र, नारायणहिटी दरवार संग्रहालय क्षेत्र, नारायणहिटी दरवार संग्रहालय दक्षिण गेटदेखी महेन्द्र सालिकसम्म, सिंहदरबार क्षेत्रलगायतमा कर्फ्यु जारी भएको हो।जेनजीको प्रदर्शनसँगै कर्फ्यु आदेश जारी भएसँगै नयाँ बानेश्वर क्षेत्रमा सेना परिचालन गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे