
काठमाडौँ । नेपाली राष्ट्रिय टिमका चर्चित खेलाडी करण केसी र उनीकी प्रेमिका वर्षा बस्नेतले विवाह गरेका छन् र विवाहका तस्विर सामाजिक सञ्जालमा सार्वजनिक गरेका छन्। केही दिनअघि सम्पन्न वैवाहिक समारोहपछि उनीहरूले औपचारिक रूपमा नयाँ जीवनको यात्रा सुरु गरेका हुन्।
लामो समयदेखि प्रेम सम्बन्धमा रहेका यी दुईले आफ्नो सम्बन्धलाई अझ गहिरो बनाउन धैर्यता, आपसी समझदारी र सुख–दुःखका हरेक मोडमा एकअर्काको साथ दिएका छन्। वर्षाले तस्विरहरू सार्वजनिक गर्दै लेखिन्, ‘आजबाट हाम्रो जीवनको सबैभन्दा सुन्दर अध्याय सुरु हुँदैछ। चुनौतीहरूले हाम्रो सम्बन्ध बलियो बनाएको छ र हाम्रा दिनहरू हाँसोले भरिएका छन्। हामीले बारम्बार एकअर्कालाई रोज्यौँ, र यही रोजाइले हामीलाई आज यहाँसम्म ल्याएको छ।’
वर्षाले थपिन्, ‘हातमा हात समातेर यो नयाँ यात्रा सुरु गर्दैछौं। विगतका अनमोल सम्झनाहरू र भविष्यका अनन्त वाचा साथमा लिएर अघि बढिरहेका छौं। तपाईंहरूको माया र आशीर्वादको हार्दिक अपेक्षा गर्दछौँ।’
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे