
काठमाडौं, पुस २२। नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि जारी रहने छ। आइतबारबाट सुरू भएको बैठक आज पनि बस्ने निर्णय गरिएको हो। बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि नेताहरूले आज आ–आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
आइतबारको बैठकमा २७ जना केन्द्रीय सदस्यहरूले आफ्नो धारणा प्रस्तुत गरेका थिए। आज बाँकी नेताहरूले प्रतिवेदनमाथि बोल्ने कार्यसूची छ। हिजोको बैठकमा तीनजना नेतालाई गरिएको कारवाहीलाई सच्याउन माग उठेको थियो। पूर्वउपाध्यक्ष भीम रावल, स्थायी कमिटी सदस्य विन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिम्सिनालाई गरिएको कारवाहीमा सुधार गर्ने आवश्यकताको आवाज बैठकमा उठेको थियो।
गत पुस १० गते, एमाले सचिवालय बैठकले रावललाई संगठित सदस्यबाट हटाउने निर्णय गरेको थियो, जबकि पाण्डे र तिम्सनालाई ६ महिना निलम्बन गर्ने निर्णय गरिएको थियो।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे