
काठमाडौँ , २ भाद्र |आज नेकपा (माओवादी केन्द्र) ले पार्टीका अपूर्ण कमिटीहरुलाई पूर्णता दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन्।
पार्टी कार्यालय पेरिसडाँडामा बुधबार बसेको बसेको स्थायी समिति बैठकले पदाधिकारी र स्थायी समितिका सदस्य बिहीबार टुंग्याउने निर्णय गरेको थियो।पार्टी प्रवक्ता कृष्णबहादुर महराका अनुुसार केन्द्रीय कमिटी, पोलिटव्यूरो, स्थायी कमिटी र पदाधीकारी आज बस्ने पार्टी स्थायी कमिटी बैठकले टुङ्गो लगाउने छ ।
बैठक बिहान ९ बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्नेछ ।माओवादीमा अध्यक्षबाहेक अन्य पदाधीकारी चयन हुन सकेको छैन ।माओवादी उच्च स्रोतका अनुसार प्रचण्डले नेता देव गुरुङलाई महासचिव बनाउने तयारी गरेका छन् ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे