
काठमाडौँ , २९ असोज | दसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । दसैँ बिदामा पनि सर्वोच्च लगायतका अदालतहरू खुल्ने भएका छन् । केही निश्चित सेवाका लागि दसैँ बिदामा पनि अदालतहरू खुल्ने सर्वोच्च अदालतले जनाएको छ ।
बन्दी प्रत्यक्षीकरणको रिट निवेदन दर्ता गर्नका लागि कर्मचारीहरू भने बिहान १० बजे नै उपस्थित हुनेछन् ।
सर्वोच्च अदालतले असोज २९ गतेदेखि कात्तिक १० गतेसम्म सर्वोच्च अदालतमा उपस्थित हुने न्यायाधीशहरूको सूचीसमेत सार्वजनिक गरेको छ ।
असोज ३० गते न्यायाधीश डा. आनन्दमोहन भट्टराई , कात्तिक १ गते न्यायाधीश प्रकाशकुमार ढुङ्गाना , कात्तिक २ गतेको जिम्मेवारी न्यायाधीश मनोजकुमार शर्मा, कात्तिक ३ गते नहकुल सुवेदी , कात्तिक ५ र ६ गतेका लागि न्यायाधीश प्रकाशमानसिंह राउत, कात्तिक ८ गते हरिप्रसाद फुयाँल , कात्तिक ९ गते कुमार रेग्मी , कात्तिक १० गते न्यायाधीश तिलप्रसाद श्रेष्ठलाई जिम्मेवारी दिइएको छ । कात्तिक ४ गते शनिवार अदालत बन्द रहनेछ । कात्तिक ७ गते विजया दशमीको दिन अदालत बन्द रहनेछ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे