
काठमाडौँ ,६ कात्तिक | बलात्कार आरोपमा प्रहरी हिरासतमा रहेका क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।
प्रहरी वृत्त गौशालाले अनुसन्धान नसकिएको भन्दै आज सन्दीपलाई अदालत उपस्थित गराएको थियो । जिल्ला अदालत काठमाडौँले आइतबार पुनः दुई दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
गत बुधबार थपिएको चार दिनको म्याद सकिएपछि प्रहरीले आज लामिछानेलाई जिल्ला अदालतमा उपस्थित गराएको थियो। लामिछानेमाथि १७ वर्षीया किशोरीले बलात्कार आरोपमा जाहेरी दिएपछि क्याप्टेनबाट निलम्बनमा परेका थिए ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे