
काठमाडौँ, २४ असोज । बलात्कार आरोपमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेलाई थप सात दिन हिरासतमा राख्न जिल्ला अदालत काठमाडौँले अनुमति दिएको छ ।
न्यायाधीश दयाराम ढकालको इजलासमा सोधपुछपछि लामिछानेलाई अदालतले यस्तो आदेश दिएको हो ।
गत बिहिबार त्रिभुवन विमानस्थलबाट पक्राउ परेका लामिछानेलाई आज पहिलो पटक अदालतमा उपस्थित गराइएको हो । लामिछाने पक्राउ परेपछि लगातार सार्वजनिक विदा परेकाले अदालतबाट उनलाई हिरासतमा राख्ने अनुमति लिइएको थिएन । १० बजे अदालत खुल्ने भएता पनि लामिछानेलाई संचार कर्मीको आँखा छलेर आज विहान साढे नौ बजे नै काठमाडौं जिल्ला अदालत पुर्याएको थियो ।
१७ वर्षीया एक किशोरीले भाद्र ५ गते बलात्कृत भएको भन्दै उनीविरुद्ध २० भाद्रमा प्रहरी वृत्त गौशालामा किटानी जाहेरी दर्ता गरेकी थिइन्।
यसक्रममा प्रहरीले घटनास्थलको सिसिटिभी फुटेज, बेडरुमको तन्ना, सिरक, घटना हुँदाको बखत बेडमा प्रयोग भएको डस्टबिन, घटना हुँदा पीडितले लगाएको कपडा, पीडितको भजाइना परीक्षण, सिडिआर (कल डिटेल रिपोर्ट), सामाजिक सञ्जाललगायतका सामग्री संकलन गरिसकेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे