
काठमाडौँ — पछिल्लो २४ घण्टामा थप १६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ कसैको मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार १२१ जनाको पीसीआर परीक्षणमा १० जना र ९२८ जनाको एन्टीजेन परीक्षणमा ६ जना गरी १६ जनामा संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ८ जना निको भएका छन् भने हाल देशभर १०९ जना सक्रिय संक्रमित रहेका छन् ।
यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ५२५पुगेको छ भने मृत्यु हुनेको संख्या ११ हजार ९५२ पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे