
काठमान्डौ -स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ६३४ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा कोरोनाबाट ९ जना निको भएका छन् भने हाल देशभर ११० जना सक्रिय संक्रमित रहेका छन् । मन्त्रालयका अनुसार १ हजार ५७९ जनाको पीसीआर परीक्षणमा ९ जना र १ हजार ५५ जनाको एन्टीजेन परीक्षणमा ४ जना गरी १३ जनामा संक्रमण पुष्टि भएको हो ।
नेपालमा कोरोना संक्रमितहरुको कुल संख्या ११ लाख १९ हजार ४५० पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे