
काठमाडौं, वैशाख ७ | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा आज १०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मन्त्रालयका अनुसार नेपालमा ३९७ जना सक्रिय सङ्क्रमित रहेका छन्। जसमध्ये २६ जना आइसोलेसनमा उपचाररत छन्।
मन्त्रालयका अनुसार १६४५ नमूनामध्य ४५६ जनाको पीसीआर परीक्षण गर्दा ७२ जना र ११८९ जनाको एन्टीजेन परीक्षण गर्दा ३१ जनामा जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
६१ जना सङ्क्रमित सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयको तथ्याङ्क अनुसार २४ घण्टामा कोरोनाको संक्रमणबाट मृत्यु हुनेको संख्या शून्य रहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे