काठमान्डौ- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४ हजार ८४२ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।३ हजार ९२९ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १२ जना र ९ सय १३ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा ३ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ ।
यो सँगै नेपालमा कोरोना संक्रमितहरुको संख्या ११ लाख १९ हजार ३९१ पुगेको छ ।पछिल्लो २४ घण्टामा ११ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् । यो सँगै नेपालमा कोरोनामुक्त हुनेहरुको संख्या ९ लाख ६७ हजार १०२ पुगेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे