
रुपन्देही। सशस्त्र प्रहरी बल नेपाल र भारतीय सशस्त्र सीमा बल (एसएसबी) बीच डिआईजी स्तरीय छैठौँ समन्वयात्मक बैठक माघ ४ गते सम्पन्न भएको छ। यो बैठक रुपन्देही जिल्लाको बुटवलस्थित तिनाहुमा आयोजना गरिएको थियो।
बैठकमा सशस्त्र प्रहरी बलको तर्फबाट नं. ५ बाहिनी मुख्यालय रुपन्देहीका बाहिनीपति सशस्त्र प्रहरी नायव महानिरीक्षक प्रदिप कुमार पालको नेतृत्व रहेको थियो। भारतीय पक्षबाट सेक्टर हेडक्वाटर एसएसबी लखीमपुर खेरीका डिआईजी बी. विक्रमन र सेक्टर हेडक्वाटर गोरखपुरका डिआईजी मुन्ना सिंहको नेतृत्वमा सहभागिता जनाइएको थियो।
बैठकमा सीमा क्षेत्रमा देखिएका चुनौतीहरूको समाधान, सीमा व्यवस्थापन, दुवै देशका सुरक्षा निकायबीच समन्वय तथा आपसी सहकार्यका विषयमा छलफल गरिएको जनाइएको छ। बैठकले दुई पक्षीय सहकार्यलाई थप सुदृढ बनाउने निष्कर्ष निकालेको पनि जानकारी दिइएको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे