
काठमाडौँ – संघीय निजामती सेवा विधेयक, २०८० मा देखिएको गल्तीबारे अध्ययन गर्न बनेको विशेष समितिले आफ्नो रिपोर्ट तयार पारेको छ र आज प्रतिनिधिसभामा पेश गर्ने तयारी भइरहेको छ।
समितिका सदस्य माधव सापकोटाका अनुसार समितिले २९ दिनमा ३७ वटा बैठक बसेर प्रतिवेदन तयार गरेको हो। गल्ती कसरी भयो र भविष्यमा यस्तो नदोहोरियोस् भनेर विशेषज्ञहरूसँग छलफल गरेर सुझावसहितको प्रतिवेदन तयार गरिएको छ।विधेयक निर्माण प्रक्रियामा देखिने कमजोरीहरू सच्याउन समितिले विभिन्न पक्षहरूसँग कुराकानी गरेको थियो।
प्रतिनिधिसभाले असार २३ गते यो विशेष समिति बनाएको हो। समितिमा कांग्रेस, एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरू सहभागी छन्।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे