
काठमाडौँ । मिलेनियम च्यालेञ्ज एकाउन्ट नेपाल विकास समिति (एमसिए–नेपाल) ले मिलेनियम च्यालेञ्ज कर्पोरेसन (एमसिसी) अन्तर्गतका योजनाहरूलाई निरन्तरता दिने संयुक्त राज्य अमेरिकाको निर्णयप्रति स्वागत गरेको छ।
अमेरिकी वैदेशिक सहयोगमा लगाइएको अस्थायी स्थगनको सन्दर्भमा विशेष छुटअन्तर्गत एमसिसी परियोजनालाई अघि बढाउने निर्णय भएको हो। बुधबार एमसिए–नेपालले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले नेपालको ऊर्जा र यातायात पूर्वाधार विकासमा सकारात्मक योगदान पुर्याउने विश्वास व्यक्त गरेको छ।
एमसिए–नेपालले २९७ किलोमिटर लामो विद्युत् प्रसारण लाइन, तीनवटा सबस्टेसन, १८ किलोमिटर सीमापार प्रसारण लाइन निर्माण तथा सडक मर्मतजस्ता परियोजनाहरूको खरिद प्रक्रिया र कार्यान्वयनमा एमसिसीसँग सहकार्य गरिरहेको जनाएको छ।
वैदेशिक सहायता समीक्षाको प्रक्रिया सुरु हुनुअघि नै अगाडि बढिसकेका यी आयोजना नेपालको दिगो विकास र आर्थिक समृद्धिमा सहायक हुने एमसिए–नेपालले जनाएको छ। उसले कम्प्याक्ट कार्यान्वयनमा अमेरिकी सरकार तथा एमसिसीको निरन्तर साझेदारीप्रति आभार प्रकट गरेको छ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे