
काठमाडौँ, ३ बैशाख । प्रधानमन्त्री पुुष्पकमल दाहालले आज आठौं पटक मन्त्रिमण्डल विस्तार गर्दैछन् । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाको सचिवालयले दिएको जानकारी अनुसार एनपी साउद परराष्ट्रमन्त्री बन्ने भएका हुन् ।
सभापति देउवा समूहका साउदले साउदले दिउँसो आज ३ बजे शपथ लिने तयारी छ ।वैशाखको तेस्रो साताभित्रै भारत भ्रमणमा जाने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले परराष्ट्रमन्त्री नियुक्तिको तयारी थालेका हुन् ।
गठबन्धन दलबीचको भागबन्डामा परराष्ट्रमन्त्री नेपाली कांग्रेसको भागमा परेको थियो । शेखर कोइराला र गगन थापा समूहले ३ मन्त्री र एक राज्यमन्त्री मागेपछि मन्त्रीपरिषद विस्तारमा ढिलाई भइरहेको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे