
काठमाडौं – उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने तयारीस्वरूप नेपाली कांग्रेस र एमालेले संसद्मा प्रस्ताव लैजान सांसदहरूको हस्ताक्षर संकलन बुधबार पनि जारी राख्ने भएका छन्।
कांग्रेसले सांसदहरूलाई एक खाली कागजमा नाम लेखेर त्यसमा हस्ताक्षर गराइरहेको छ। खासगरी सिंहदरबार र नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकअगाडि हस्ताक्षर संकलन गरिनेछ।
तर सांसदहरूलाई यस हस्ताक्षर संकलनको ठ्याक्कै उद्देश्य भने औपचारिक रूपमा बताइएको छैन। मंगलबार कांग्रेसका ३३ सांसदले हस्ताक्षर गरेका थिए। तर हातले लेखिएको नाम स्पष्ट नदेखिएको भन्दै एमालेका मुख्य सचेतक महेश बर्तौलाले ती कागज च्यात्न लगाएका थिए।
बुधबार बिहानै देउवाको निवास बुढानीलकण्ठमा बसेको कांग्रेस संसदीय दलको कार्यसमिति बैठकपछि यो प्रक्रिया अघि बढाइएको हो। अहिलेसम्म उपसभामुख हटाउने प्रस्ताव अघि बढाउन आवश्यक समर्थन जुटिसकेको छैन।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे