
काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले पार्टीले आफ्नो १५औँ महाधिवेशन सकेर नयाँ नेतृत्वसहित आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भाग लिनुपर्ने बताएका छन्। आज काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै उनले महाधिवेशनबाट नयाँ नेतृत्व छान्नु, जेनजी आन्दोलनको भावनाअनुसार नीति बनाउनु र पार्टीलाई सक्रिय बनाएर निर्वाचनमा होमिनु आवश्यक रहेको बताए।
कांग्रेसले यही पुस २६–२९ गते काठमाडौँमा महाधिवेशन गर्ने निर्णय गरेको छ। पौडेलले संसद पुनर्स्थापना प्रती प्रतिक्षा गर्दा अधिवेशन ढिला हुन सक्ने भए पनि अन्ततः महाधिवेशन हुने स्पष्ट पारे। उनले महाधिवेशनको प्राथमिकता संसद् पुनर्स्थापना होइन, निर्वाचनमा सहभागी हुनु रहेको बताए। १५औँ महाधिवेशनमा उनी महामन्त्री पदका लागि प्रतिस्पर्धा गर्ने पनि जानकारी दिए।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे