
काठमाडौँ, २६ असोज । नेपाली कांग्रेसले उम्मेदवार फिर्ता नलिने बागी उम्मेदवारलाई निष्काशन गरेको छ।
पार्टी मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति जारी गर्दै गठबन्धनको आधिकारिक उम्मेदवार विरुद्ध उम्मेदवारी दिएका उम्मेदवार र निजको प्रस्तावक तथा समर्थकलाई निस्कासन गरिएको उल्लेख छ।
कांग्रेसको विधान २०१७(संशोधनसहित) को धारा ३४ (१) (घ) उल्लंघन गरेकोमा धारा ३४ (४) (क) अनुसार नेपाली कांग्रेसको सदस्य समेत नरहने गरी पाँच वर्षका लागि निस्कासन गरिएको पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे