
काठमाडौँ — भूपरिवेष्टित विकासशील राष्ट्रहरू (एलएलडिसी) को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलन तुर्कमेनिस्तानको आवाजा सहरमा सुरु भएको छ। समुद्रसम्म प्रत्यक्ष पहुँच नभएका देशहरूको समस्या समाधान र अन्तर्राष्ट्रिय व्यापारमा पहुँच बढाउने उद्देश्यसहित सुरु भएको सम्मेलनमा विभिन्न देशका राष्ट्रप्रमुख तथा सरकार प्रमुख सहभागी छन्।
संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस र तुर्कमेनिस्तानका उपराष्ट्रपतिले सहभागीहरूलाई स्वागत गरे। महासचिव गुटेरेसले भूपरिवेष्टित देशहरूको सहकार्य र सहयोग आवश्यक रहेको बताए। नेपालका प्रधानमन्त्री केपी शर्मा ओली सम्मेलनमा सहभागी हुनुहुन्छ र आज सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ। प्रधानमन्त्री ओली एलएलडिसी समूहको तर्फबाट समेत सम्बोधन गर्ने छन् । । प्रधानमन्त्री ओलीसहित ३० देशका सरकार प्रमुखहरुले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्र छ ।
सम्पादक:
लोकेन्द्र भण्डारी
समाचार संयोजक:
सुनिल आचार्य
रिपोर्टर:
अनिता बिष्ट
सरोज वोलखे